वीरगन्ज :

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

श्रेणी : खेलकुद

2 years
birgunj report
25Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले गत भदौदेखि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बलात्कार आरोपपछि पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा थिए । उच्च अदालत पाटनले केही सर्तहरुसहित २० लाख धरौटीमा छाडेपछि उनी क्रिकेट मैदानमा फर्किने तयारीमा छन् । यही सन्दर्भमा क्यानले उनीमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *