
श्रेणी : BANNER
147Views
0
Shares
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार भंग गरी नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले ६ बुँदे प्रस्ताव पारित गर्दै कोशी सरकार असंवैधानिक रहेको भन्दै सो सरकार भंग गरी नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गरेको हो ।
बैठकले वर्तमान सत्ता गठबन्धनले संवैधानिक संस्थामा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रको जरो खल्बल्याउने कार्य गरिरहेको भन्दै आपत्ति प्रकट गरेको छ ।
त्यस्तै बैठकले मिटरब्याजसम्बन्धी विधेयक सत्ता गठबन्धनभित्रको विवादले अगाडि नबढाइए पनि एमालेमाथि दोष थोपारिएको भन्दै सत्ता गठबन्धनप्रति भत्र्सना गरेको छ ।




प्रतिक्रिया