वीरगन्ज :

कोशी प्रदेशमा पहिचानवादीहरूलाई लगाएर सरकारले एमालेमाथि आक्रमण गराएको ओलीको आरोप

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताएका हुन् ।

उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने पनि उल्लेख गरे ।

उनले भने, ‘अब नेकपा एमालेले सडक तताउनु पर्ने अवस्था आएको छ । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ । गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’

अध्यक्ष ओलीले आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए । उनले भने, ‘कोशी प्रदेश नामकरणविरुद्ध प्रचण्डको प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने। नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि । नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो । गैर किरात त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त ।’

बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेका थिए । बिहीबारको संसद बैठकमा एमालेले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *