वीरगन्ज :

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापाद्वारा दाबी पेस

श्रेणी : BANNER

2 years
birgunj report
31Views
0 Shares

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पुनः दाबी पेस गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङको आह्वान अनुसार बहुमतको सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेस गरेपछि सर्वोच्च अदालतले उल्ट्याएको थियो ।

यो पटक भने गौतमले सभामुखबाट राजीनामा दिएर माओवादी संसदीय दलको सदस्य कायम रहेकाले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले पदबाट राजीनामा दिएका थिए ।

यसअघि सभामुख गौतमले कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा हस्ताक्षर गरेपछि विवाद भएको थियो । सभामुखले कानुनी रूपमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा समर्थन गर्न नमिल्ने भन्दै एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *