वीरगन्ज :

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई पदमुक्त गर्न माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता

श्रेणी : BANNER

3 years
birgunj report
187Views
0 Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बुधबार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा रिट दर्ता गराएका हुन् ।

रिट निवेदनमा गैरसंवैधानिक रुपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सोमबार प्रदेशसभाका सभाध्यक्ष इस्राइल मन्सुरीले मुख्यमन्त्री थापालाई मत दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *