वीरगन्ज :

कोशीका मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ, निवर्तमान सभामुख आर्थिक मामिलामन्त्री नियुक्त

श्रेणी : BANNER

1 year
birgunj report
5Views
0 Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन् । थापा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत बनाएका छन् । थापाले माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई नियुक्त गरेका छन् ।

तीन मन्त्रीले पनि बुधबारै शपथ लिएका छन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख गौतमलाई राजीनामा गराएर उनको समर्थन लिएर थापा मुख्यमन्त्री भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *