वीरगन्ज :

कोलम्बियामा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
6Views
0 Shares

दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा उक्त दुर्घटना भएको हो । यो कोलम्बियाको दक्षिणपश्चिमी कुनामा रहेको तुमाकोको बन्दरगाह सहर र उत्तरपूर्वमा तीन सय २० किलोमिटर टाढा रहेको क्यालीको बीचमा यात्रा गरिरहेको डेली सबाले जनाएको छ ।

‘दुर्भाग्यवश, हामीसँग २० जनाको मृत्यु भएको छ,’ नारिनो विभाग ट्राफिक प्रहरीका क्याप्टेन अल्बर्टल्याण्ड अगुडेलोले भने । कुहिरोको कारण चालकले नियन्त्रण गुमाएका प्रारम्भिक समाचारमा जनाइएको छ ।

प्रहरी र दमकल विभागका उद्धारकर्मीहरूलाई गाडीलाई सीधा राख्न, घाइतेहरूलाई बाहिर निकाल्न र मृतकहरूलाई उद्धार गर्न नौ घण्टा लागेको, अल जजीराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *