वीरगन्ज :

कोलम्बियामा पहिरोले बस पुर्दा ३३ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
10Views
0 Shares

कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा रहेको रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पहिरोमा पुरिएको थियो ।

पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । गृहमन्त्री अल्फोन्सो प्राडाले भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ ।’

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुःखित भएको बताएका छन् । कोलम्बिया अस्वभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *