वीरगन्ज :

कोरोना भुक्तानीको ढिलाइले बीमा क्षेत्रको बदनामी भएको छ : सिलवाल

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.8kViews
1863 Shares

वीरगंज (पर्सा), १ चैत । कोरोना भुक्तानीको ढिलाइले बीमा क्षेत्रको बदनामी भएको बताउदै अध्यक्ष सिलवालले यसको लागि कतै न कतै प्राधिकरण समेत सहभागी रहेकोले यसबाट पर्न गएको असुविधा र हैरानीको लागि क्षमा याचनाको बिकल्प नरहेको बताएका छन ।

देशकै आर्थिक नगरी बिरगंजमा एक सप्ताह कार्यक्रम सहित आएका नेपाल बीमा प्राधिकरणद्वारा आज बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको अध्यक्षतामा आयोजित एक छलफल र अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यापारीहरुको प्राधिकरणद्वारा जारी नया सम्पति बीमा सम्बन्धी र समसमायिक विषयको जिज्ञासामा प्रकाश पार्दै कोरोनाको भुक्तानीमा भएको ढिलाइले आम नागरिकलाइ दुखी तुल्याए पनि आफ्नै कार्यकालमा यसको समाधान गर्ने विश्वास दिलाएका छन ।

बीमा क्षेत्रमा सर्वाधिक विवादित पक्ष दावी भुक्तान त्तर्फ आफू सचेत रहेको भन्दै उहाले दावी भुक्तान नगर्ने कम्पनी र ceo हरुको काम नरहेको हुदा यस्ता माथी कारवाही गर्न आफू नहिच्किचाउने ठोकुवा गरेक छन । यदि कसैको दावी भुक्तानमा कम्पनीले अनावश्यक दुख दिने वा अनैतिक लाभ लिन खोज्ने कार्य भएमा त्यस्ता कर्मचारी र कम्पनी दुबै कारवाहीको घेरामा आउने निश्चित गर्दै त्यस्ताका विरुद्ध हामीलाइ लिखित निवेदन दिए तुरुन्तै कारवाही गर्ने प्रतिवद्वता जाहेर गरेका छन ।

अहिलेको विषम परिस्थितिमा प्राधिकरणद्वारा दर रेट वृद्धि र पै पाई आएको सहुलियतमा कटौती बारे गरेको विषयमा अध्यक्ष सिलावालले दर रेट बढाउने काम एक्लो प्राधिकरणको मात्रै नभइ दर रेटको लागि विगत दुई वर्षदेखी नेपाल उद्योग वाणिज्य महासङ्घ, अर्थ बिज्ञ लगायत सबै तह तप्कासंग सहकार्य र समन्वय गरि वृद्धि गरेको प्रष्ट पार्दै यसमा कसैलाई केही समस्या र अप्ठयारो परे लिखित रुपमा तर्क सहित निवेदन आउँछ भने प्राधिकरण सच्चिन तयार रहेको जिकिर गरेका छन ।

बिमालेख जारी गर्ने समय सिमा बैकको कारोबार समय सम्म सिमित तर्फ यसले यहाको कारोबारलाइ प्रत्यक्ष असर गरेको बिमितको गुनासो बारे अध्यक्ष सिलवालले बैक समय पछि पनि बिमालेख जारी गर्न प्राधिकरणले नरोकेको प्रष्ट पार्दै अध्यक्ष सिलवालले बैक समय पछि आएको कुनै पनि चेक वा नगद भोलीका दिनमा पहिलो प्रहर भित्र बैकमा जम्मा हुनु पर्नेमा बीमकहरु सजक रहन निर्देशन दिएका छन ।

बिरगंज उद्योग वाणिज्य संघको अध्यक्ष अनिल अग्रवालको प्रमुख आथितित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका निर्देशक दिनेशकुमार लालले व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा मधेस प्रदेश प्रमुख कुसुम शर्मा, बीउवा संघका उपाध्यक्षद्व्य हरि गौतम र माधव राजपालको उपस्थिति रहेको थियो । प्राधिकरणकै निर्मल खनालले संचालन गरेको सो छलफल कार्यक्रममा प्रदेश भरिका बीमा कम्पनीहरुका प्रदेश एव शाखा प्रमुखहरु लगायत उद्योगी व्यवसायी, व्यापारीहरुको बाक्लो सहभागिता रहेको थियो ।वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *