वीरगन्ज :

कोइलाभार मन्दिरमा पूजा–अर्चनापछि गाउँ–बस्तीमा पुग्दै रिमा यादव, स्थानीयसँग समस्या र अपेक्षाबारे छलफल

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.7kViews
1868 Shares

वीरगंज,०५ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव ले चुनावी अभियानलाई तीव्र बनाउँदै मंगलबार पर्सागढी नगरपालिका–१ का विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्। कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो योजना र प्राथमिकताबारे जानकारी दिएकी थिइन्।

घरदैलोको सुरुवात क्षेत्रकै धार्मिक आस्थासँग जोडिएको कोइलाभार मन्दिर मा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि टोल–टोलमा पुगेर उनले मतदाताको समस्या, अपेक्षा र सुझाव सुनेकी थिइन्। कार्यक्रममा स्थानीयवासीले उनलाई ढाका टोपी, दुवोको माला र खादा ओढाएर स्वागत गरेका थिए भने कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए।

भेटघाटका क्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन तथा रोजगारीका अवसर अभाव जस्ता विषय उठाएका थिए। प्रत्युत्तरमा उम्मेदवार यादवले आफू निर्वाचित भएमा पूर्वाधार विकासलाई प्राथमिकता दिने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, महिला तथा युवालाई लक्षित रोजगारी कार्यक्रम ल्याउने र कृषकका उत्पादनलाई बजारसँग जोड्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पारदर्शी र जनउत्तरदायी नेतृत्वमार्फत क्षेत्रको समग्र विकासमा काम गर्ने पनि बताइन्।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टीका नेताहरूले यादवलाई इमानदार र विकासमुखी उम्मेदवारको रूपमा प्रस्तुत गर्दै निर्वाचनमा विजय सुनिश्चित गर्न सबैलाई एकजुट हुन आग्रह गरेका थिए।

पार्टीका अनुसार पछिल्ला दिनहरूमा पर्साका विभिन्न गाउँ तथा बस्तीमा सञ्चालन भइरहेको घरदैलो अभियानमा स्थानीय जनताको उत्साहपूर्ण सहभागिता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *