वीरगन्ज :

के रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ : सांसद विनिता कठायत

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.6kViews
1069 Shares

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सहकारी पीडितको बचत रकम फिर्ताबारे सरकारसँग जवाफ मागेकी छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छ महिना बितिसक्दा पनि पीडितको रकम फिर्ता नहुनुमा सरकारलाई प्रश्न गरिन्। सांसद कठायतले रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर जिल्ला-जिल्ला घुमाउँदा सहकारी पीडितको समस्या समाधान नहुने बताइन्।

उनले भनिन्, “बचतकर्ताको तीन सय अर्ब रकम हिनामिना भएको भनिएको छ। सरकारले पीडितलाई न्याय दिनुको सट्टा सभापति लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले जिल्ला-जिल्ला घुमाएको छ। यसरी घुमाउँदा रकम फिर्ता हुन्छ भने सरकारले स्पष्ट बताओस्।”

‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ? हुन्छ भनिदियोस् सरकारले । हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *