वीरगन्ज :

केपी ओलीबाट अदालतको फैसलाको अपमान गर्ने काम भयोः सांसद पाण्डे

श्रेणी : राजनीति

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा पाण्डेले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको अरोप लगाएका हुन् ।

सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाई थियो ।

उनले भने,‘यो ठाउँमा उभिएर आफूलाई संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ भनेर त्यसको नाताले जुन किसिमले कार्यपालिका भन्दा ममाथि छु कि प्रधानमन्त्री त्यो उच्चस्तरीय संयन्त्रको सदस्य मात्रै हो भन्ने ढंगको अभिव्यक्ति हामीले उहाँको त्यो बुझ्न सकिन्छ । कार्यपालिका भन्दा माथि छु कि भन्ने ढंगले कार्यपालिकामाथि धावा बोल्ने काम एकातिर भयो भने अर्को हिजो प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक थियो भनेर हामीले भन्यौ । अदालतले भन्यो । त्यसले गर्दा हामीलाई चिन्ता लागेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *