वीरगन्ज :

कृषि अनुदानका विवरण सार्वजनिक गर्दै कृषि मन्त्रालय

श्रेणी : कृषि

3 weeks
Pradeep Sah
2.0kViews
1584 Shares

काठमाडौं,२८ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगतमा वितरण गरिएका कृषि अनुदानका विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजना गरिने पत्रकार सम्मेलनमा अनुदान वितरणसम्बन्धी जानकारी सार्वजनिक गरिनेछ।

मन्त्रालयका अनुसार, गरिब र विपन्न किसानसम्म अनुदानको पहुँच सुनिश्चित गर्न पारदर्शिता आवश्यक रहेको निष्कर्षसहित यो कदम चालिएको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबहालीकै दिन अनुदान विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मन्त्री अधिकारीले भने, “म मेरो कार्यकालमा गरिब र विपन्न किसानले अनुदान प्राप्त गर्ने सुनिश्चितता गर्न चाहन्छु। विगतमा अनुदान वितरणमा जनगुनासोहरू सुन्नमा आएको हुँदा यसलाई पारदर्शी बनाउन, हामीले यो विवरण सार्वजनिक गर्ने निर्णय गरेका हौं।”

मन्त्रालयले विगतका अनुदान वितरण प्रक्रियाको समीक्षा गर्दै, आगामी दिनमा पारदर्शी, न्यायपूर्ण, र प्रभावकारी प्रणाली विकास गर्न आवश्यक कदम चालेको संकेत दिएको छ। यसले किसानहरूको विश्वास बढाउने र कृषि उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *