वीरगन्ज :

कृषकहरुको अनुदान रकममा त्रिशक्ति टे्रडर्स र कृषि ज्ञान केन्द्र प्रमुखको रजाई

कृषकहरुको अनुदान रकममा त्रिशक्ति टे्रडर्स र कृषि ज्ञान केन्द्र प्रमुखको रजाई

श्रेणी : BANNER

2 years
Pradeep Sah
148Views
0 Shares

वीरगंज (पर्सा), ३० साउन । नेपाल सरकारबाट कृषकहरुका लागि प्राप्त अनुदानमा कृषि ज्ञान केन्द्रका हाकिमको नाममा विक्रेता कम्पनीले कमिशन लिने गरेको घटना बाहिरिएको छ । कृषकहरुको लागि नेपाल सरकारबाट ट्याक्टर, थ्रेसर, रोटाभेटर, पावरटिलरमा आएको अनुदान रकममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादको नाममा विक्रेता कम्पनी त्रिशक्ति ट्रेडर्सले प्राप्त अनुदान रकमको ३५ प्रतिशत कमिशन लिएको पाइएको हो ।

गत मसान्त २०७९/०८० मा आएको अनुदान रकममा वीरगंजका प्रष्ठित उद्योगी चाचान गु्रपद्वारा संचालित त्रिशक्ति टे्रडर्सले कृषि ज्ञान केन्द्रका प्रमुखसँग मिलेर कमिशन असुल्ने गरेको पाइएको हो । नेपाल सरकारले कृषकहरुको लागि रोटाभेटरमा ८७ हजार ५ सय, पावरटिलरमा १ लाख ५ हजार, थ्रेसरमा १ लाख, डिस्क हैरोमा ६३ हजार ७ सय ५०, रिपरमा ६५ हजार अनुदान प्राप्त भएकोमा विक्रेता कम्पनी त्रिशक्ति टे्रडर्सले प्रत्येक अनुदान रकममा ३५ प्रतिशत कमिशन लिने गरेको अनुदान प्राप्त कृषकले गुनासो पोखेका छन् । कृषकले थ्रेसर, रोटाभेटर, पावरटिलर जुनसुकै उपकरण लिँदा बजेट अनुसार ३० देखि ५० प्रतिशतसम्म अनुदान पाउने गरेका छन् तर अनुदान वापतको रकमबाट विक्रेता कम्पनीले कृषकसँग हाकिमलाई बुझाउनुपर्ने भन्दै कमिशन असुल्ने गरेको पाइएको हो ।

कृषकले थ्रेसर लिँदा ३ लाख ७५ हजारमा किन्नुपर्ने थ्रेसरमा नेपाल सरकारबाट १ लाख अनुदान पाएका थिए । तर अनुदानको १ लाख रकम लिन जाँदा विक्रेता कम्पनी त्रिशक्ति टे्रडर्सका संचालकले हाकिमलाई कमिशन बुझाउनुपर्ने भन्दै ३५ हजार कमिशन लिएर ६५ हजार रुपैया बराबरको अन्य कृषि उपकरण दिएर पठाएको बताइएको छ ।

त्रिशक्ति टे्रडर्स को चतुर बुद्धि
कृषकले थ्रेसर किन्दा ३ लाख ७५ हजार रुपैयाँबाट २ लाख ७५ हजार रुपैयाँ आफै बुझाउनुपर्ने हो र १ लाख रुपैयाँ कृषि ज्ञान केन्द्रले विक्रेता कम्पनीलाई दिनुपर्ने हो तर कृषि उपकरण नै विक्री नगरि कृषि ज्ञान केन्द्रमा लगि तस्विर खिचाई पुनः आफ्नो गोदाममा ल्याएर राख्ने र अनुदान वापतको रकम बुझ्ने गरेको पाइएको हो । अनुदान रकम प्राप्त गरेपछि त्यसबाट ३५ प्रतिशत आफू लिई बाँकी रकम बराबरको अन्य सामाग्री दिने गरेका छन् । जसले गर्दा कृषकले अनुदान वापतको रकम पनि पाउन सकेका छैनन् ।

विचौलियाको रुपमा रहेको विक्रेता कम्पनीले आफ्नो सामानको तस्विर खिचाए वापत ३५ प्रतिशत कमिशन बुझ्ने गरेका छन् । यसबारे कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादसँग बुझ्दा आफूले कुनैपनि विक्रेता कम्पनीसँग कमिशन नलिएको बताए । उनले कमिशन लिएको प्रमाणित भए आफू कारवाही भोग्न तयार रहेको बताए । उनले भने ‘कुनैपनि विक्रेता कम्पनीसँग कमिशन लिएको छु, भने प्रमाणित हुन्छ भने कारवाही भोग्न तयार छु ।’ उनका अनुसार ‘कृषि ज्ञान केन्द्रमा त्रिशक्ति टे्रडर्स, कबिता एग्रो प्रा.लि., भाजुत्न टे्रडिङ प्रा.लि. तथा विद्या ट्रेडर्सले कोटेशन दर्ता गराएका छन्, यसबाट जुनसुकै विक्रेता कम्पनीबाट कृषकले कृषि उपकरण किन्न पाउँछन्, र अनुदान वापतको रकम नियमानुसार भुक्तानी गरिन्छ तर कसैले कृषि उपकरण किनेको भनेर ल्याएर फोटो खिचाएर लगेकै छैनन् भने त्यसमा हामी के गर्न सक्छौं’ भनेर गैरजिम्मेवारीपूणर् जवाफ दिए । नेपाल सरकारबाट प्राप्त कृषकहरुको ३८ लाख बजेटमा त्रिशक्ति टे्रडर्सले मात्रै २८ लाख भुक्तानी पाएको छ भने भाजुरत्न टे्रडिङ प्रा.लि.ले ८ लाख तथा कविता टे्रडर्सले २ लाख भुक्तानी पाएको छ ।

यसबाटै प्रष्ट हुन्छ कि त्रिशक्ति टे्रडर्सले कार्यालय प्रमुखसँग मिलोमतोमा अनुदान रकममा लुटतन्त्र मच्चाएका छन् । यति मात्रै होइन, त्रिशक्ति ट्रेडर्सले पर्सा लगायत बारा र रौतहटमा पनि कृषि ज्ञान केन्द्रको प्रमुखसँगको मिलोमतोमा कृषकहरुको अनुदान रकममा लुटतन्त्र मच्चाएका छन् । कार्यालय प्रमुखलाई कमिशन दिने र आफ्नै ट्रडर्सबाट कृषि उपकरण किन्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरि अनुदान रकममा कमिशन लिई कृषिका उपकरणहरु विक्री गर्दै आएको कृषकहरुको गुनासो छ । साभार : कुश दैनिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *