वीरगन्ज :

कुहडिमा नि:शुल्क आँखा शिबिर सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
1.7kViews
1791 Shares

वीरगंज (पर्सा), २४ साउन । राष्ट्रिय दलित पत्रकार संघ, पर्साको आयोजनामा बिहिबार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ कुहडिमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

संघको अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएकाे शिबिरकाे वीरगंज २७ का वडाध्यक्ष हिर्दय नरायन कुर्मी आफ्नाे आँखा परिक्षण गराई सिबिरको उद्घाटन गरेका थिए । वीरगंज सामुदायिक अँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे शिबिरमा १५३ जनाले आँखा परिक्षण गराएका मध्ये ६० जनामा मोतिया बिन्द फेला परेको डाक्टर महेश्वर सिंह धामीले जानकारी दि‍ए ।
शिविरमा माेतिया बिन्द फेला परेकाहरुको श्रावण २७ गते आइतबार नि:शुल्क शल्यक्रिया समेत डाक्टर धामीले बताए ।
शिबिरमा नेकपा एकीकृत सामाजबादीका जिल्ला अध्यक्ष बालगोपाल थापा, राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, दलित आगुवा प्रभु पासवान, शंकर कर्ण, दलित अभियान्ता लिला राम, स्थानीय अगुवा तथा सामुदायिक प्रहरीहरु लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *