वीरगन्ज :

कुशवाहा समाजकाे केन्द्रिय महाधिवेशन भलुहीमा सुरु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1436 Shares

वीरगंज । नेपाल कुशवाहा कल्याण समाजकाे ७ औं राष्ट्रिय महाधिवेशन बाराकाे भलुहीमा सुरु भएकाे छ । श्री आधारभुत विद्यालय भुलही स्कुलकाे प्राङ्गणमा सुरु भएकाे महाधिवेशनकाे उद्घाटन प्रतिनिधि सभा सदस्य (सांसद) लक्ष्मी महताे गरेका हुन् ।

नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तापेश्वर महताेकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह, पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, पूर्व राज्य मन्त्री सिता राम मेहता, शत्रुधन महताे, संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा, रामचन्द्र पयासी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

उद्घाटन समाराेहमा विभिन्न किसिमकाे सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे भने अधिवेशनमा सहयाेगमा गर्ने संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

शनिबार सम्पन्न हुने अधिवेशनले कुशवाहा कल्याण समाजकाे नयाँ केन्द्रिय समिति चयन गर्ने समाजका शम्भु कुशवाहाले जानकारी दिए । अधिवेशनमा देशभरमा कुशवाहा समाजकाे प्रतिनिधिहरुकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *