वीरगन्ज :

कुम्भ मेलाबाट फर्किने क्रममा नेपाली तीर्थालु सवार गाडी दुर्घटना, ३ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 weeks
Pradeep Sah
3.0kViews
1037 Shares

रुपन्देही,०५ फागुन । भारतको कुम्भ मेला स्नान गरेर फर्किरहेका नेपाली तीर्थालु सवार गाडी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा रुपन्देही, देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेका अनुसार दुर्घटना उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा गाडी डिभाइडरमा ठोक्किँदा भएको हो।

घटनामा चालकसहित पाँचजना घाइते भएका छन्। घाइतेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय नागरिक चालक रितेश दुबे रहेका छन्। स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि गोरखपुर रेफर गरिएको छ।

यूपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ। भारतीय प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ।

देवदह भलुही ९ र १० का ३५ जना तीर्थालु पाँचवटा गाडीमा कुम्भ मेला गएका थिए, जसमा दुर्घटनाग्रस्त गाडी पनि सामेल रहेको पूर्ववडाध्यक्ष केशव भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *