वीरगन्ज :

कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । अदालतले काठमाडौंका चलचित्र हलहरुमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको इजलासले कुनैपनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएपछि नेपाल चलचित्र संघले त्यसकाविरुद्ध रिट दायर गरेको थियो ।

अदालतले यस विषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर शाहले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *