
श्रेणी : BANNER
काठमाडौं । प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबिरुद्ध सरकार निर्मम हुने बताएका छन् ।
अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताएका हुन् ।
उनले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रममा अख्तियार दुरुपयोग अनसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ अख्तियार दुरुपयोगसँग जोडिएका विषयको अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारका विषयलाई कानूनी कारबाही अघि बढाउने बताए ।
उनले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारका सहयोग रहने बताए ।
उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम कायम गर्न सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत नागरिकका आवश्यकतालाई सर्वोपरी ठानी सार्वजिनक पदाधिकारी तथा राष्ट्रसेवक पदाधिकारीहरुले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिए ।

प्रतिक्रिया