वीरगन्ज :

किशोर किशोरी स्वास्थ्यका लागि बागबाना स्वास्थ्य चौकीमा विशेष सेवा घोषणा

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.1kViews
1283 Shares

पर्सागढी,२१ असार । पर्सागढी नगरपालिका वडा नं. २ स्थित बागबाना स्वास्थ्य चौकीलाई आज (शनिबार ) एक कार्यक्रमका बीच किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। पर्सागढी नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोकर्ण पाठकले ब्यानर पढेर यसको उद्घाटन गर्नुभएको हो।

नगर प्रमुख पाठकले बागबाना स्वास्थ्य चौकीले पर्सागढी नगरपालिकाभित्र रहेका पाँच वटा स्वास्थ्य चौकीमध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ बमोजिमका मापदण्ड पूरा गरी किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रदान गरेकोले यो घोषणा गरिएको बताउनुभयो। उहाँले १०–१९ वर्षका किशोर किशोरीहरूमा शारीरिक, मानसिक तथा सामाजिक परिवर्तनहरू आउने र अब कुन बाटोमा लाग्ने भनेर सोच्ने उमेर भएकोले उनीहरूलाई आवश्यक परामर्शका साथै स्वास्थ्य परामर्श दिन यो घोषणा गरिएको प्रष्ट पार्नुभयो।

वडा नं. २ का वडा अध्यक्ष बिरेन्द्र महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख पुजा चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेल, पर्सागढीका मेडिकल अधिकृत अभय सिंह, पूर्व वडा अध्यक्ष बेदमन दास थारु, पार्टी प्रतिनिधिहरू कैलास महतो, बालकृष्ण श्रेष्ठ, किशोर किशोरी समूहकी सदिना पन्जियार, जगरनाथ राय थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नमा सहयोग पु¥याउने व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य बागबाना स्वास्थ्य चौकीका इन्चार्ज रजनेश पासवानले गरेका थिए भने सहजीकरण स्वास्थ्यकर्मी सपना बास्तोलाले गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *