श्रेणी : समाचार
      1.6kViews
      
      
      1084
      Shares
      
      
काठमाडौं, ०४ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया