वीरगन्ज :

कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

श्रेणी : समाज

2 years
birgunj report
159Views
0 Shares

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासी ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिएका छन् । दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । जिप सेरा बजारबाट कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *