
श्रेणी : BANNER
2.5kViews
1159
Shares
वीरगंज । पर्साको कलिकामाई गाउँपालिका वडा नं. २ रहेको कालिका कन्या आधारभूत विद्यालय भेडीहरीको विद्यालय व्यवस्थापन समिति आज गठन भएको छ ।
प्रमशिला देवी कानुको अध्यक्षतामा सर्वसहमत विद्यालय व्यवस्थापन समिती गठन भएको विद्यालयका प्रधानाध्यापक रामविश्वास चौरसियाले जानकारी दिए ।
नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यमा तइब खा पैठन, मन्दोदरी देवी, प्रतिमा देवी चौरसिया, राम प्रसाद चौरसिया, प्रभु चौरसिया चयन भएका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामविश्वास चौरसिया रहेका छन् । कालिका टाईम्स


प्रतिक्रिया