वीरगन्ज :

कालिकामाई गाउँपालिकाले ४० करोड ८३ लाखको बजेट सार्वजनिक

श्रेणी : अर्थ

6 hours
Pradeep Sah
2.3kViews
1364 Shares

बीरगन्ज,१६ असार । पर्साको कालिकामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२र०८३ को ४० करोड ८३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको ११ औं गाउँ सभाबाट पारित बजेट सोमबार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजमती बरैनीले अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिन ।

गाउँ सभाले अगामी बर्षको लागि शिक्षा क्षेत्र विकासमा दुई करोड, स्वास्थ्यमा एक करोड, कृषिमा एक करोड ५० लाख, भौतिपूर्वाधार विकासमा ५ करोड र समाजिक क्षेत्र विकासमा ५० लाख बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले जानकारी दिए । उनका अनुसार वडा स्तरिय बजेट सिलिङ्ग ७५ लाख रहेको छ ।

मधेश प्रदेश मै सभाबन्दा पहिले निति तथा कार्यक्रम सार्वजनिक गरेको कालिकामाई गाउँपालिकाले सोमबार मात्र बजेट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *