वीरगन्ज :

कालिकामाई गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले सम्हाले कार्यभार

श्रेणी : मधेस

23 hours
Pradeep Sah
2.2kViews
1449 Shares

वीरगंज (पर्सा), ११ पुस । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार औपचारिक रूपमा हाजिर भई आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि पर्साकै जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका कुशवाहाको कालिकामाई गाउँपालिकामा सरुवा भएपछि उनी यहाँ पदस्थापन भई कार्यभार सम्हाल्न पुगेका हुन् ।

हाजिर हुन गाउँपालिकाको कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई एक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा गाउँपालिकाभित्रको प्रशासनिक टिमसँग परिचय गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यभार सम्हालेपछि कुशवाहाले जनप्रतिनिधि र कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।

कालिकामाई गाउँपालिकाको सभा हलमा सम्पन्न उक्त परिचयात्मक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनसहित विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूले गमछा र फूलमाला लगाई प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भव्य स्वागत गरेका थिए । कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृतप्रति सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।

कार्यभार सम्हाल्दै कुशवाहाले गाउँपालिकाको समग्र कामकारबाही नियम, कानुन र प्रक्रिया अनुरूप अघि बढाइने स्पष्ट पारे । स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणका गतिविधिमा तीव्रता ल्याउने विषयमा आफू विश्वस्त रहेको प्रतिक्रिया उनले दिए । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडाअध्यक्षहरू लालबाबु चौरसिया, सोनालाल चौरसिया, संजय पटेल, संजय प्रसाद गोढलगायत अन्य जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा कालिकामाई गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधि थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *