वीरगन्ज :

कालिकामाईमा ब्यत्तिगत घटना दर्ता सप्ताह सुरु, अध्यक्ष गुप्ताले गरे उदघाटन

कालिकामाईमा ब्यत्तिगत घटना दर्ता सप्ताह सुरु, अध्यक्ष गुप्ताले गरे उदघाटन

श्रेणी : BANNER

2 years
Pradeep Sah
13Views
0 Shares

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा ब्यत्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सुरु भएकाे छ । देशभर जस्तै कालिकामाई गाउँपालिकाले पनि बैशाख १ देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाउन थालेकाे हाे । 

घटना दर्ता सप्ताहकाे एक कार्यक्रमक बिच गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले उदघाटन गरेका हुन् । कालिकामाई गाउँपालिकाको पञ्जिकरण शाखाले आयोजना गरेको साप्ताह व्यापी कार्यक्रमकाे व्यानर पढेर गाउँपालिका अध्यक्ष गुप्ताले उदघाटन गरेका थिए । 

गाउँ कार्यपालिका कार्यालय हरिहरपुर विर्ताकाे सभाहल भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष गुप्ताले घटना दर्ता सम्बन्धि संदेश मुलक होर्डिङ्ग बोर्ड लगाउने प्रतिवद्धता जनाए । साथै उनले स्थानिय संचार माध्यमबाट प्रचार प्रसार गराउने समेत वताए ।

प्रत्येक वडाको वडा कार्यालयमा ब्यत्तिगत घटना दर्ताको ब्यानर राख्नुकाे साथै प्रत्येक वडाका विद्यालयहरुमा ब्यत्तिगत घटना बारे जानकारी गराउने याेजना रहेकाे पञ्जिकरण शाखाका प्रमुख भेष साहले बताए । 

गाउँपालिका अध्यक्ष गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्षका प्रतिनिधि राधाकृष्ण चाैरसिया सहित सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सचिव, पालिकाको विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरु, प्रत्येक वडाका समाजसेवी लगातको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पञ्जिकरण शाखाका एमआईएस अपरेटर लक्ष्मण साहले गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *