वीरगन्ज :

कालिकामाईका एम्बुलेन्स चालक महताेकाे रुखबाट खसेर मृत्यु

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.9kViews
1508 Shares

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका एम्बुलेन्स चालक गोरख महतोको आइतबार रुखबाट खसेर मृत्यु भएकाे छ ।

आइतबार दिउसाे ब्राखाकाे लागि पात भाँच्न रुखमा चढेका महताे खसेर गम्भिर घाइते भएका थिए । उपचारकाे लागि वीरगंजस्थि नेशनल मेडिकल कलेजमा भर्ना गरिएका उनकाे आइतबार राति निधन भएकाे थियाे ।

एम्बुलेन्स चालक महताेकाे असमायिक निधनको शोकमा साेमबार गाउँपालिकाले शोक विदा दिएकाे थियाे ।

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतले साेमबार एक विज्ञप्ती जारी गर्दै एम्बुलेन्स चालक महतोको निधनले गाउँपालिकालाई स्तब्ध बनाएको जनाउँदै उनकाे निधनकाे शाेकमा विदा दिएकाे जनाएका थिए ।

गाउँपालिकाको साेमबार बसेको आकस्मिक बैठकले गाउँपालिका मातहतका शैक्षिक संस्था र स्वास्थ्य संस्था बाहेकका सबै सरकारी कार्यालयमा एक दिनकाे लागि विदा दिएकाे थियाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *