
श्रेणी : प्रदेश
3.0kViews
1258
Shares
काठमाडौं,१५ असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन शनिबार साँझ स्पेन प्रस्थान गरेका छन्। उनी असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिया सहरमा हुने उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछन्।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्यभार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया