वीरगन्ज :

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

श्रेणी : राजनीति

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धमलशमशेर राणा, जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *