वीरगन्ज :

कामीरिती शेर्पाद्वारा २७ औं पटक सगरमाथाको सफल आरोहण

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । नेपाली पर्वतारोही कामीरिती शेर्पाले २७ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ८ः३० बजे सगरमाथाको आरोहण गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

शेर्पाले यसअघिको आफ्नो रेकर्ड तोड्दै सगरमाथा आरोहणमा ‘विश्व कीर्तिमान’ कायम गरेका हुन् । शेर्पा पहिलोपटक २०४८ सालमा उनी सहयोगी कर्मचारीको रूपमा सगरमाथा आरोहणमा सामेल भएका थिए ।

२७ पटक सगरमाथा आरोहण गरेका शेर्पाले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको के टू हिमालको पनि आरोहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *