वीरगन्ज :

कानुनमन्त्रीलाई प्रश्नः के अब खेतमा क्यासिनो चलाउने ?

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.6kViews
1044 Shares

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल भारत सीमाभन्दा पाँच किलोमिटर भित्र क्यासिनो सञ्चालन गर्ने प्रावधान सच्याउन माग गरेका छन् ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायीक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै सांसद यादवले सीमाभन्दा ५ किलोमिटर भित्र होटल रिसोर्टमा क्यासिनो सञ्चालन गर्न पाउने प्रावधान व्यवहारिक नभएको बताए ।

‘मेचीदेखि महाकालीसम्म वीरगंज, जनकपुर काँकडभिट्टा, भैरहवा, धनगढीलगायत सीमाको जति सहर छ, त्यो सीमाको एकदेखि तीन किलोमिटरभित्र पर्छ । व्यवसायीहरुले त्यो भित्रमा होटल, रिसोर्ट बनाउँछ, त्यहाँ क्यासिनोको इजाजत दिन्छ,’ उनले भने, ‘अहिले ५ किलोमिटर प्रावधान राखेर के अब खेतमा क्यासिनो बनाउने, उखुबारीमा क्यासिनो बनाउने, कि जंगलमा गएर क्यासिनो खेल्न जाने ? क्यासिनो को खेल्छ, नेपाली खेल्छ कि विदेशी खेल्छ ?’

सांसद यादवले कुनै व्यक्तिको लागि ऐन संशोधन गर्न नमिल्ने जिकिर गर्दै पुरानो तीन किलोमिटरको प्रावधान यथावत् राख्न माग गरे ।

‘कुन व्यक्तिको फाइदाको लागि यो ऐनमा पाँच किलोमिटर प्रावधान आएको छ, म बुझ्न चाहन्छु,’ उनले सोधे, ‘मलाई यहाँसम्म जानकारी छ कि झापाको विर्तामोडमा फाइभस्टार होटल बनेको छ, त्यो बोर्डरभन्दा १० किलोभित्र बनेको छ, उसको फाइदाको लागि यो ऐनमा संशोधन गरिएको छ ।’

व्यक्तिको लागि सारा व्यवसायी, सारा रिपोर्ट व्यवसायीलाई मार्नको लागि यो आएको दाबी गर्दै उनले यो प्रावधान हटाएर पुरानो तीन किलोमिटरको प्रावधान राख्न माग गरे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *