वीरगन्ज :

कानुनअनुसार कमाएको बाहेक कुनै अवैध सम्पत्ति नभएकाे लामिछानेको दाबी

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.4kViews
1837 Shares

काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै अवैध सम्पत्ति आर्जन नगरेको दाबी गरेका छन् । शुक्रबार पोखराको जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दामा बयान दिँदै लामिछानेले आफ्नो सम्पूर्ण आम्दानी कानुनअनुसार रहेको स्पष्ट पारे ।

लामिछानेले ग्यालेक्सी टेलिभिजनमा राम्रो पारिश्रमिकमा काम गरेको उल्लेख गर्दै भने, “मेरो खातामा आएको सबै रकम पारदर्शी छ, मैले कर तिरेर कमाएको आम्दानीबाहेक कुनै रकम मेरो खातामा आएको छैन । ”

सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेविरुद्ध २७ करोड ८९ लाख बिगो माग गरिएको छ। लामिछानेका अनुसार, यो रकम उनको व्यक्तिगत खाताहरूबीचको स्थानान्तरण, वालेट ट्रान्जेक्सन, र परिवारसँगको लेनदेनलाई जोडेर बनाइएको हो। उनले स्पष्ट पारे, “मेरो आफ्नै खाताबाट अर्को खातामा सारेको रकम र परिवारको खातामा पठाएर फर्केको रकमलाई समेत बिगोमा समेटिएको छ ।”

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले भने, “सूर्यदर्शन सहकारीमा मेरो कुनै संलग्नता छैन। मैले त्यो सहकारी देखेको पनि छैन, मेरो खाता वा सेयरसमेत छैन ।”

ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशकका रूपमा काम गर्दा उनले गोर्खा मिडियाको आर्थिक कारोबार जिबी राईको निर्देशनमा मात्र भएको दाबी गरे। “सबै अधिकार जिबी राईसँग थियो, कुनै कारोबार मेरो निर्देशनमा भएको छैन,” उनले भने ।

लामिछानेको बयान बिहीबार सुरु भएर शुक्रबार सकिएको छ। अब थुनछेक बहसपछि मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *