वीरगन्ज :

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए भने अहिले निर्वाचनको केही समयअघि मात्रै राप्रपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *