![](https://birgunjreport.com/wp-content/uploads/2025/01/tribhuvan-kathmandu-international-airport-ktm.webp)
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,१४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब शनिबार, १९ माघदेखि राति ११ बजेपछि बन्द भएर बिहान ७ बजे खुला हुनेछ। यसअघि राति १० बजेदेखि बन्द हुने गरेको विमानस्थलमा पूर्वाधार विस्तारका कारण उडानको समय घटाइएको हो।
अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सीवे र ह्यागंर निर्माणका कामका कारण धावनमार्ग बन्द गर्नु पर्ने हुँदा, कार्तिक २३ देखि विमानस्थलमा राति १० बजेदेखि उडान बन्द गरी निर्माण कार्य भइरहेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोक्ने नोटमा जारी गरेको थियो। हालकाे अवस्थामा, उडान रोक्ने समय १० घन्टा घटाएर ८ घण्टामा सिमित गरिएको छ।
सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक ईन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार अब धावनमार्गसँग जोडिएका जटिल काम सम्पन्न भएका छन् र दुई घण्टा उडान समय थप गरिएको छ।
२०२६ पछि वार्षिक १ करोड यात्रुलाई सेवा दिने उद्देश्यले विमानस्थलको विकास कार्य जारी छ, जसका लागि नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब रुपैयाँ लगानी भइरहेको छ।
तीन मुख्य परियोजनाहरूको काम २०२६ को अन्त्यसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ, जसमा चिनियाँ ठेक्दार कम्पनीहरू संलग्न छन्।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया