२०८२ बैशाख ८, सोमबार

वीरगन्ज :
००:१०:४७

काठमाडौं महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको छ : प्रभु साह

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.9kViews
1079 Shares

काठमाडौं,२७ माघ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकामाथि गैरकानूनी शैलीमा काम गर्दै गुन्डागर्दी प्रदर्शन गरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले टेकु क्षेत्रमा कवाडमा काम गर्ने मजदुरहरूमाथि भएको सांघातिक हमलाप्रति कडा आपत्ति जनाए।

साहले भने, “आज बिहान ११ बजे टेकुमा काम गरिरहेका मजदुरहरूलाई कथित महानगरका प्रहरीको समूहले गम्भीर रूपमा घाइते बनाएको छ। कानुन र अदालतको आदेशको उल्लंघन गर्दै महानगरले गुन्डागर्दी गरेको छ। सरकार कानुनको पालना र नागरिकहरूको सुरक्षा गर्न सक्षम हो भने तत्काल सक्रियता देखाओस्।”

आइतबार टेकुस्थित कवाडी गोदाम हटाउन पुगेको नगर प्रहरी बल र व्यवसायीबीच झडप भएको महानगरले जनाएको छ। महानगरका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको दाबी गर्दै आत्मसुरक्षाका क्रममा झडप भएको बताए।

जोशीले भने, “हामी अवैध संरचना हटाउन पुगेका थियौं। त्यहाँ पुगेपछि व्यवसायीहरूले सिसाको बोत्तल हान्न थाले। आत्मसुरक्षाका क्रममा केही व्यवसायी घाइते भएका होलान। हाम्रा दुई प्रहरी पनि घाइते भएका छन्।”

झडपका क्रममा पाँच जना घाइते भएका छन्। घाइतेहरूको विवरण सार्वजनिक नभए पनि घटनाले काठमाडौं महानगरको कार्यशैली र व्यवसायीबीचको तनावलाई उजागर गरेको छ। सांसद साहले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई विशेष आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *