
श्रेणी : अर्थ
काठमाडौं, २२ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
ले रोकिएको कर्मचारी तलब भुक्तानीका लागि निर्णय गरेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले सोमबारसम्म तलब हात पर्ने गरी प्रक्रिया अघि बढाएका हुन्।
महानगरका एक उच्च अधिकारीका अनुसार, गुरागाईंले तत्कालै प्रक्रिया अघि बढाएर सोमबारभित्रै तलब उपलब्ध गराउने निर्णय गरेका छन्।
एक कर्मचारीले बताए: “उहाँ (गुरागाईं) ले आजै तोक लगाइदिनुभएको छ, जसले गर्दा सोमबारसम्म तलब हात पर्छ।”
गुरागाईं गत पुस ७ गतेदेखि बिदामा थिए, तर बिहीबार उनले फेरि कार्यालय हाजिर गरे,कार्यालयमा हाजिर हुनासाथ तनावपूर्ण अवस्था सिर्जना भयो, उनलाई रोक्न महानगर प्रहरीसमेत खटाइएको थियो, तर कर्मचारीहरूले उनलाई कार्यकक्षसम्म पुर्याए, उनलाई बिदामा राखेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएका थिए, जसले गर्दा महानगर प्रशासकीय प्रमुखविहीन भएको थियो।
महानगर प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरूले तलबसमेत नपाएको गुनासो गर्दै आक्रोशित भएका थिए।
तर, शुक्रबार गुरागाईंले तलब भुक्तानी प्रक्रिया अघि बढाउँदै कर्मचारीहरूको असन्तुष्टि कम गर्ने प्रयास गरेका छन्।


प्रतिक्रिया