वीरगन्ज :

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईद्वारा राजीनामा

श्रेणी : समाज

2 years
birgunj report
29Views
0 Shares

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका न्यायाधीश भट्टराईले सोमबार राजीनामा दिएका हुन् । उनले आफूले नैतिक प्रश्न उठाएका प्रधानन्यायाधीश कार्कीको मातहतमा बस्न असहज हुने भन्दै राजीनामा दिएका हुन् ।

उनले न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहरू अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको बताएका छन् । 

उनले आगामी दिनमा पनि आफू न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि सक्रिय रहने बताएका छन् । प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीविरुद्ध भट्टराईले उजुरी दर्ता गरेका थिए । तर संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल नगरी कार्कीलाई प्रधान्यायाधीशमा अनुमोदन गरेको थियो । त्यसप्रति भट्टराई असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *