वीरगन्ज, २६ भदौ – देशका प्रमुख पार्टीका विद्यार्थी संगठनहरूले विभिन्न स्थानमा निकालेका जुलुस तथा र्यालीहरूमा खासै उपस्थिति देखिएन। काठमाडौंमा विद्यार्थी नेताहरूले निकालेको जुलुसलाई जेनजीका युवाहरूले लखेटेका छन्। त्यसैगरी पर्साको पोखरिया र वीरगन्जमा निकालिएका जुलुसहरूमा पनि सहभागिता अत्यन्तै न्यून देखिएको छ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे बुझ्न पर्साका केही राजनीतिक दलका नेताहरूसँग सम्पर्क गर्न खोज्दा धेरैजसोले प्रतिक्रिया दिन मानेनन्। नेपाल पोस्ट डेलीको टोलीले प्रयास गर्दा प्रतिक्रिया दिएका नेतामध्ये अधिकांशले जेनजीका जायज माग सम्बोधन हुनुपर्ने भए पनि लोकतन्त्र र हालको व्यवस्थालाई जोगाउनुपर्ने धारणा राखे। उनीहरूको भनाइमा, व्यवस्था नै ध्वस्त पार्ने हो भने अर्को ठूलो संकट निम्तिन सक्नेछ। गणतन्त्रको नारा लगाउँदै प्रर्दशन भएपछि घण्टाघरमा भारी मात्रामा सुरक्षा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बिहीबार साँझ पर्साको पोखरिया नगरपालिका–स्थित पोखरिया बजार र वीरगन्ज महानगरपालिकाको वीरगन्ज बजार क्षेत्रमा थोरै संख्यामा विद्यार्थी तथा युवा नेताहरू भेला भएर ‘गणतन्त्र जिन्दाबाद’ भन्दै जुलुस निकालेका थिए। सो जुलुसमा करिब ८ देखि १५ जना मात्र सहभागी देखिएका थिए।
प्रतिक्रिया