वीरगन्ज :

काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन, पक्राउ परेका नेताहरूको रिहाइको माग

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.0kViews
1090 Shares

काठमाडौं,१८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै सोमबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। माइतीघर मण्डलामा अपराह्न प्रदर्शन आयोजना गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

‘राज्यको दमनको विरोध गर्दै र पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै आज माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरिएको छ। राप्रपाका सम्पूर्ण भ्रातृ सङ्गठनहरू आन्दोलनमा सहभागी हुन आह्वान गरिन्छ। हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

गत शुक्रबार राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा तोडफोड र आगजनी भएको थियो। उक्त प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

यस घटनासँग सम्बन्धित भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतका नेताहरू पक्राउ परेका छन्। राप्रपाले उनीहरूको रिहाइको माग गर्दै मृतकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *