वीरगन्ज :

काठमाडौंमा ‘धोती भैया भनेर हेप्न पाइदैन’ भन्दै मनाइयो ‘धोती दिवस’

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.5kViews
1881 Shares

काठमाडौं, १७ पुस । जनमत पार्टीले बुधबार काठमाडौँको माइतीघरमा राष्ट्रिय धोती दिवस मनाएको छ। पार्टीको विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा ¥याली र कोणसभा आयोजना गर्दै मधेसी सांस्कृतिक पहिचानको संरक्षण र सम्मानको माग गरे।

कार्यक्रममा सहभागीहरूले धोती आफ्नो शान र मधेसी पहिचान भएको भन्दै यो संस्कृतिलाई संरक्षण गर्न जोड दिए। ¥यालीमा “धोती हाम्रो शान हो, मधेसीको पहिचान हो,” “मधेसी एकता जिन्दावाद,” र “धोती भैया भनेर हेप्न पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा धोतीलाई अन्तर्राष्ट्रिय पोसाक दिवसको दिन राष्ट्रिय स्तरमा मान्यता दिलाउनुपर्ने माग गरियो ।

अध्यक्ष डा. राउतले धोतीमाथि हुने भेदभावलाई अन्त्य गर्दै यसलाई मधेसीहरूको मौलिक पहिचान र सांस्कृतिक धरोहरका रूपमा स्थापित गर्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले धोती दिवसलाई राष्ट्रिय महत्वको पर्वका रूपमा मनाउन आग्रह गरे ।

यस पहलले मधेसी समुदायको एकता र सांस्कृतिक सम्पदा जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *