वीरगन्ज :

काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, १३ देशका विज्ञहरूको सहभागिता

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
1.7kViews
1736 Shares

काठमाडौं, १४ फागुन । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा यही बिहीबारदेखि काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा १३ देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महान्यायाधिवक्ता रमेश बडालका अनुसार, सम्मेलनमा डिजिटल अपराधका नयाँ प्रवृत्ति, अनुसन्धान प्रक्रिया र न्यायिक निरूपणबारे गहन छलफल हुनेछ । उनले अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र कानुनी तथा अनुसन्धान क्षमताको अभिवृद्धि गर्न यो सम्मेलन आयोजना गरिएको बताए ।

‘डिजिटल युगका अपराधहरूमा पूर्वानुमान र सम्बोधन’ भन्ने अवधारणामा आधारित भएर सम्मेलनमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिनेछ । प्रविधिमा आधारित अपराधहरू, विशेष गरी यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध तथा एआईको प्रयोगबाट हुने आपराधिक क्रियाकलापहरू छलफलका मुख्य विषय रहनेछन् ।

नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायतका देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञ, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ र न्यायाधीशहरूले सम्मेलनमा सहभागिता जनाउने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *