वीरगन्ज :

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.8kViews
1380 Shares

काठमाडौं,३१ जेठ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एक यात्रुबाहक माइक्रोबस नागढुंगा सडकखण्डमा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगास्थित सडकमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार दुर्घटनाको समयमा माइक्रोमा १९ जना सवार थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्यको सामान्य चोटपटक लागेको छ।

सभी घाइतेहरूको उद्धार गरी सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारका लागि पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको र थप विवरण संकलन भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *