वीरगन्ज :

काठमाडौंका मेयरसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाको सुझाव

श्रेणी : BANNER

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

यसका लागि प्रधानमन्त्रीलाई तत्काल पहल गर्न महामन्त्री थापाले सुझाव दिए । उनले भने, ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । प्रधानमन्त्रीलाई आग्रह गर्छु, काठमाडौं महानगरपालिकासँग विलम्व नगरी  संवाद गरियोस् । जायज माग पूरा गरियोस् ।’

स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *