वीरगन्ज :

काठमाडौँ -५ मा प्रदीप पौडेल १८ सय मतले अगाडि

श्रेणी : BANNER

3 years
birgunj report
26Views
0 Shares

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका छन् ।

अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको ६ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा एमालेका तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *