वीरगन्ज :

काठमाडौँमा टिपरको ठक्करबाट ३ को मृत्यु

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.9kViews
1855 Shares

काठमाडौँ, २३ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको रहेकाे प्रहरी प्रभाग साँखुले जनाएको छ । तीनै जनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *