२०८२ बैशाख २०, शनिबार

वीरगन्ज :
२०:३७:१०

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत पाए भने महामन्त्री गगन थापाले २५ मत ल्याए ।

निर्वाचनमा ८९ जना सांसदहरुले मतदान गरेका थिए । देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । थापाको प्रस्तावकमा महान्त्री विश्वप्रकाश शर्मा र समर्थकमा धनराज गुरुङ र प्रदीप पौडेलले समर्थन गरेका थिए ।

नेपाली कांग्रेसभित्र मात्रै नभई नेपालको बहुदलीय इतिहासमै संसदीय दलको नेता पदका लागि सबैभन्दा धेरै पटक चुनाव लडेको रेकर्ड कांग्रेस सभापति देउवाले राखेका छन् ।

देउवा २०५१ सालमा खुमबहादुर खड्कासँग, २०५७ सालमा गिरिजाप्रसाद कोइरालासँग, २०५८ सालमा सुशील कोइरालासँग, २०६३ सालमा विजयकुमार गच्छदारसँग, २०६४ सालमा रामचन्द्र पौडेलसँग, २०७० सालमा सुशील कोइरालासँग, २०७२ सालमा रामचन्द्र पौडेलसँग र २०७४ सालमा प्रकाशमान सिंहसँग संसदीय दलको नेतामा चुनाव लडिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *