वीरगन्ज :

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगन थापाको उम्मेदवारी

श्रेणी : BANNER

3 years
birgunj report
21Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । मंगलबार दिउँसो संसदीय दलको कार्यालय सिंहदरबार पुगेर सभापति देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलको नेतामा सभापति देउवाले उम्मेदवारी दिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उनको प्रस्तावक बसेका छन् । पार्टीको १४ औं महाधिवेशनसम्म संस्थापन इतर समूहमा रहेका पौडेल संस्थापन पक्षमा खुलेका छन् । देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

त्यस्तै  संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार बनेका छन् । थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । महामन्त्री थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थनमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा बसेका छन् ।

मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *