श्रेणी : BANNER
4Views
0
Shares
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । मंगलबार बिहान बसेको संस्थापनइतरको बैठकले संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
थापाको प्रस्तावक डा. शेखर कोइराला बस्ने भएका छन् । संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् । संसदीय दलको विधानबमोजिम दलको नेता बन्न ५१ प्रतिशत मत ल्याउनुपर्छ ।
हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।
प्रतिक्रिया