वीरगन्ज :

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

श्रेणी : राजनीति

2 years
birgunj report
17Views
0 Shares

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् ।

कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको हो । दाङ ३ (ख) बाट दोहोरिएका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री हुन्। मन्त्रीभन्दा अघि उनी प्रदेश सभाको लेखा समिति सभापति थिए ।

दलको नेताको लागि अबदुल रज्जाक, डिल्ली चौधरी, वीर बहादुर राना र राजु खनालले दाबी गरेका थिए। लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *