वीरगन्ज :

कांग्रेस र वामपन्थीहरू बीचको गठबन्धन प्राकृतिक होः प्रचण्ड

श्रेणी : BANNER

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता र समृद्धिको यात्रा पूरा गर्न गठबन्धन बनेको बताएका छन् । सोमबार काठमाडौंमा वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र, गणतन्त्र, लोकतन्त्रको रक्षा गर्न गठबन्धन बनेको बताएका हुन् ।

उनले भने, ’एमालेसँग सहकार्य गरेर के पाउनुभयो? भनेर मलाई धेरै साथीहरूले व्यंग्य पनि गर्नुभयो। मैले ज्ञान प्राप्त गरेर आएको छु। यो ज्ञान गठबन्धनका लागि महत्वपूर्ण हुन्छ भनें त्यो साच्चै देखिएको पनि छ। नयाँ ज्ञान धेरै ठूलो हतियार हुनेछ।’

उनले यो गठबन्धन प्राकृतिक रहेको बताए। उनले भने, ’यदि तत्कालीन अवस्थामा माधवकुमार नेपाल नेतृत्वमा नभएको भए १२ बुँदे सम्भव थिएन। संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन। हिजो १२ बुँदेदेखिका साथीहरू सँगै छौं। अर्कोतिर प्रतिक्रान्तिका पक्षधर छन्। निरकुंशता, परिवर्तन विरोधी शक्ति छन्।’ उनले प्रतिगामी प्रवृत्तिलाई परास्त गर्न अब फेरि हिजोका ‘नेचुरल’ सहयात्रीहरू जसमा कांग्रेस र वामपन्थी पार्टीहरु मिलेर यो गठबन्धन बनाएको बताए ।

उनले भने, ‘हामीले प्रतिगामी प्रवृत्तिलाई कमजोर मात्र पारेनौँ, पार्टीभित्र झण्डै दुई–तिहाइ बहुमतले पार्टीबाट निष्कासन गर्नेदेखि संसदीय दलबाट निष्कासन गरेका थियौँ । हामीले त्यो प्रवृत्तिलाई परास्त गर्न अब फेरि हिजोका ‘नेचुरल’ सहयात्रीहरू जसमा कांग्रेस र वामपन्थी पार्टीहरू नै प्राकृतिक रहेछ भन्ने निष्कर्षमा आइपुगेपछि शेरबहादुरजीसँग पटक–पटक छलफल गरेर यो गठबन्धन बनायौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *